सन्तोष गहतराज, आईतवार, १८ मंसिर, २०७९
पाल्पा- त्रिभुबन बहुमुखी क्याम्पस बि बि ए र बि बि एम तेस्रो बर्षको आयोजनामा भएको खेलकुद प्रतियोगिताको उपाधी बि बि ए संकायले हात पारेको छ । त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा सञ्चालित बि बि ए र बि बि एमले विविध विधामा रहेर खेलकुद प्रतियोगिता सञ्चालन गरेका थिए । खेलकुदमा फुटबल,क्रिकेट,ब्याडमिन्टन,टेबल टेनिस,डेड लिफ्टि जस्ता प्रतियोगीतात्मक कार्यक्रम आयोजना गरेका थिए । उक्त प्रतियोगितामा सबै भन्दा धेरै खेलमा अग्रता लिएको संकायलाई उपाधी प्रदान गर्ने सर्त अनुसार वि वि ए संकायले उपाधी हात पार्न सफल भएको कार्यक्रमका संयोजक बोधी रत्न शाक्यले जानकारी दिनुभयो । खेलकुदमा सहभागी एवम विजयी टोलीलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले विद्यार्थीहरूले शान्त र अनुशासित ढंगले खेलकुद प्रतियोगिता सफल एवम सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो । क्याम्पस स्तरमा आयोजित यस्ता प्रतियोगितात्मक खेलकुद प्रतियोगिताले विद्यार्थीहरूमा आपसमा मेलमिलाप एवम भाइचाराको सम्बन्ध कायम गर्न सहयोग पुग्ने बताउनुभयो । खेलकुदले खेलाडी उत्पादनका साथै शारीरिक स्वास्थ्यका लागि समेत अति आवश्यक हुने बताउदै विद्यार्थीको नेतृत्व र व्यक्तित्ब विकासमा समेत टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा मानविकी संकायका सहायक क्याम्पस प्रमुख कृष्ण बहादुर कार्की,शिक्षा संकायका सहायक क्याम्पस प्रमुख सन्तोष खनाल,व्यवस्थापन संकायका सहायक क्याम्पस प्रमुख श्री चन्द्र शाक्य,विद्यार्थी हित कल्याण शाखा प्रमुख पुष्कर आर्चाय,विवि ए,वि वि एम संकायका निर्देशक किशोर घिमिरे,सह निर्देशक महेश भट्टराई,प्रध्यापक महेन्द्र पन्थी लगाएतले विद्यार्थीलाई ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रम खेलकुद प्रतियोगीताका संयोजक बोधी रत्न शाक्यको अध्यक्षता र वि वि एम पाचौं सेमेस्टरका विद्यार्थी सुस्मा खनालको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतियोगीतामा उत्कृष्ट हुने खेलाडीहरूलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । पश्चिम क्षेत्रकै शैक्षिक धरोहरको रूपमा रहेको त्रिभुवन बहुमुखी क्याम्पस तानसेन पाल्पामा उच्च शिक्षा आर्जन गर्नका लागि जिल्लाका विभिन्न स्थान लगाएतले छिमेकी जिल्लाबाट समेत अध्ययन गर्न विद्यार्थीहरूको आउने गर्दछन । क्याम्पसमा व्यवस्थापन संकाय,मानविकी संकाय,शिक्षा संकाय र विज्ञान संकायको अध्यापन हुने गर्दछ ।