बुधबार, १९ आश्विन, २०७९

advertisement_1659249309.gif

दृष्टिविहिन बालबालिकालाई भोजन दान

सन्‍तोष गहतराज, शनिबार, २८ श्रावण, २०७९

दृष्टिविहिन बालबालिकालाई भोजन दान

पाल्पा तानसेनको नारायण युवा क्लबले फरक क्षमता भएका विद्यार्थीहरूलाई एक छाक भोजन दान कार्यक्रम सम्पन्न गरेको छ । क्लबले रजत जयन्तीको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत एक औपचारिक कार्यक्रमका बिच तानसेन वडा न ९ को दमकडा माध्यमिक विद्यालयका दृष्टिविहीन बालबालिकाहरूलाई एक छाक भोजन दान कार्यक्रम सम्पन्न गरेको छ । क्लबले रजत जयन्तीको अवसरमा क्लबका पदाधिकारीहरूबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता दकमडाको खेल मैदानमा सम्पन्न गरेको छ । शुरूवाती क्रममा  फुटबल खेल खेल्नका लागि स्थापित भएको क्लबले स्थापनाको स्मरण गर्दै क्लबका पदाधिकारीहरूबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो । जस्मा ड्रेस लगाएका पदाधिकारी र ड्रेस नलगाएका पदाधिकारीबिच प्रतिस्पर्धा भएको थियो । जस्मा ड्रेस लगाएका खेलाडीहरूलाई ड्रेस नलगाएका खेलाडीहरूले ०र२ को अन्तरालले पछि पार्दै खेलको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका थिए । 

भोजन दान कार्यक्रमको शुभारम्भ गर्दै क्लबका सस्थापक अध्यक्ष एवम नेपाली काङ्ग्रेस पाल्पाका सभापति हिमाल दत्त श्रेष्ठले क्लबले सामाजिक उत्तरदायित्वको भावना स्वरूप फरक क्षमता भएका विद्यार्थीहरूसँग मैत्रीपुर्ण सम्बन्ध कायम गर्न भोजन दान कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई थप लगनशील एवम उत्प्रेरित गर्न मधत गर्ने हुदा आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन सभापति श्रेष्ठले आर्गह गर्नु भएको थियो । 

कार्यक्रममा क्लबका सल्लाहकारहरू युवराज पौडेल,सकुन्तला बज्राचार्य,बरूण रेग्मी,तानसेन वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ,तानसेन वडा न ९ का वडा अध्यक्ष राजेश कुमार अर्याल लगाएतले मन्तव्य राख्नु भएको थियो । भोजन दान  विद्यालयमा अध्ययन गर्ने सबै फरक क्षमता भएका विद्यार्थीहरूलाई प्रदान गरिएको थियो । कार्यक्रम क्लबका अध्यक्ष किशोर दर्शन बज्राचार्यको अध्यक्षता र सचिव विनायक महर्जनको सञ्चालनमा सम्पन्न भएको थियो ।

दृष्टिविहिन बालबालिकालाई भोजन दान

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif