मंगलवार, २० मंसिर, २०७९

दशैको फजुल खर्च कटाएर स्वास्थ्य शिविरमा लगायौ; वडा अध्यक्ष खनाल

सन्‍तोष गहतराज, शुक्रबार, १४ आश्विन, २०७९

दशैको फजुल खर्च कटाएर  स्वास्थ्य शिविरमा लगायौ; वडा अध्यक्ष खनाल

पाल्पा-नेपालीहरूको महान चार्ड दशै,तिहार,शुभ दिपावली र छठ पर्व नजिकिदै छन । चार्डवर्प नजिकिएसँगै  स्थानीय तहहरूले शुभकामना आदान प्रदान गरि रहेका छन । तर पाल्पाको तानसेन नगरपालिका वडा न ७ ले भने उक्त खर्चलाई सहि ठाउमा सदुपयोग गर्दै निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

तानसेन नगरपालिका वार्ड नं. ७ प्रभास बगैचामा वडाले निस: शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको वडा अध्यक्ष प्रदिप खनालले जानकारी दिनुभयो । शिविर तानसेन नगरपालिका वार्ड नं. ७ वडा कार्यालयको आयोजना,लुम्बिनी मेडिकल कलेजको चिकित्सक तथा प्राविधिक सहयोग साथै ,नेपाल परिवार नियोजन संघ  पाल्पा शाखाको प्राविधिक सहयोग आयोजना गरिएको हो ।  शिविरमा सुगर जाच ,प्रेसर जाच र,ई सि जि सेवा तथा परामर्श सेवा प्रदान गरिएको थियो । शिविरमा (२ सय )जनाले सेवा लिएका थिए । चार्डवार्ड नजिकिदै गर्दा वडा कार्यालयले फजुल खर्चलाई सहि ठाउमा सदुपयोग गर्नुपर्ने सन्देश प्रवाह सहित निशुल्क शिविरको आयोजना गरिएको वडा अध्यक्ष खनालले बताउनुभयो । चार्डपर्वमा मानव स्वास्थ्यलाई असर गर्ने खालका खानेकुरा नखान,चार्डपर्वको नाममा जुवा,तास नखेल्न समेत शिविरमा सहभागीहरूलाई सचेतना गराइएको वडा अध्यक्ष खनालले बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोष लाल श्रेष्ठले तानसेन नगरपालिकाले स्वास्थ्य क्षेत्रको संवेदनशीलता ध्यानमा राखी नगर सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको बताउनुभयो । नगरको समग्र विकास मानव स्वास्थ्यले प्रतिनिधित्व गर्ने हुदा नगर सरकारले स्वास्थ्य क्षेत्रलाई अब्बल बनाउनका लागि अग्रसर रहेको बताउनुभयो ।  दशै,शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै नगर प्रमुख श्रेष्ठले शिविरले नागरिकहरूमा भएको रोगी पहिचान गर्न महोत्वपुर्ण भुमिका खेल्ने बताउदै नगरले अन्य वडा कार्यालयहरूसँग समन्वय गरि यस्ता शिविरहरू सञ्चालन गर्ने बताउनुभयो । नगरपालिकाले ग बर्गका अपांगता भएका व्यक्तिहरूलाई भत्ताको व्यवस्था,२० न्युनिट सम्मको रकम नगरपालिका  भुक्तानी गर्ने,नगरका दलित तथा आर्थिक अवस्था कमजोर भएका ५ जना सम्मको परिवारको निशुल्क स्वास्थ्य बिमा गरिदिने,युवा स्वरोजगारका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । 

कार्यक्रममा तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा गाहा सिङ्जालीले शिविरले नागरिकहरूको स्वास्थ्य रहेका समस्याहरूको पहिचान गर्न सहयोग गर्ने बताउदै वडा कार्यालयले आगामी दिनमा यस्ता रचनात्मक एवम नागरिकको जीवनशैलीमा परिवर्तन ल्याउने खालका कार्यक्रमलाई अगाडि बढाउन आग्रह गर्दै नगर सरकारले समन्वयकारी भुमिका निर्वाह गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा लुम्बिनी मेडिकल कलेजका प्रवक्ता कृष्ण पराजुली लगाएत वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन तानसेन नगरपालिकाका सरसफाइ शाखा प्रमुख शंकर भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

दशैको फजुल खर्च कटाएर  स्वास्थ्य शिविरमा लगायौ; वडा अध्यक्ष खनाल

प्रतिक्रिया
अन्य समाचार
advertisement_1643037630.JPG
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1656694980.png
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1656826249.gif
advertisement_1656826298.gif
advertisement_1656826319.gif
advertisement_1656826340.gif
advertisement_1656953456.gif
advertisement_1650789033.gif
advertisement_1650789229.gif