बुधबार, ११ जेष्ठ, २०७९

पृथ्वीचन्द्र अस्पतालकाे नवनियुक्त अध्यक्ष गुप्तालाई स्वागत

भैरब खबर डटकम संवाददाता, आईतवार, २९ फाल्गुन, २०७८

पृथ्वीचन्द्र अस्पतालकाे नवनियुक्त अध्यक्ष गुप्तालाई स्वागत

रामजी प्रजापति ,नवलपरासी- पृथ्वीचन्द्र अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष महेन्द्र प्रसाद गुप्तालाई अस्पतालले स्वागत गरेको छ ।अस्पतालका नियुक्त अध्यक्षमा महेन्द्र गुप्तालाई आज एक कार्यक्रम बिच अस्पतालमा स्वागत गरिएको हाे ।

मेडिकल सुपरिटेन्डेट डाक्टर मोहम्मद नुरुलहोदा अंसारिले माला र खादा लगाई सम्मान स्वरुप स्वागत गर्दै अध्यक्षको पदभार ग्रहण गराएका थिए । अध्यक्षकाे पदभार ग्रहण गर्दै गुप्ताले अस्पतालको समग्र विकास र सेवालाई थप प्रभावकारी बनाउने बताएका हुन । अस्पतालको पुर्वाधार विकास र उपचार सेवा विस्तारका लागि सम्बन्धित निकाय संग सम्मनवय सहकार्य गरि बजेट माग गरेर आवश्‍यक जनशक्ति पूरा गरि सेवाग्राहीहरुलाई सहज रुपले सेवा प्रदान गर्ने वातावरणकाे सिर्जना समेत गराउने प्रतिबद्धता जनाएका थिए ।

अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर नुरुलहाेदा अंसारिले अस्पतालमा सहज रुपले सेवाग्राहीहरुलाइ सेवा सुविधा प्रदान गर्न थप विशेषज्ञ र चिकित्सिकहरुको आवश्यक्त रहेको बताए । जसमा सबै राजनितिक दल ,पत्रकार र सुभेच्छुकहरुको सहयोग साथ सहयोगकाे आवश्यकता रहेको बताएका हुन । साे अवसरमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले लगाएतकाे अस्पतालका चिकित्स, समाजसेवी र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रम सञ्चालन अस्पतालका व्यवस्थापक सुरेन्द्र अधिकारीले गर्नु भएको थियो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif