भैरब खबर डटकम संवाददाता, बुधबार, ४ फाल्गुन, २०७८
काठमाडौं -विप्लव नेतृत्वको नेकपासहित छ दलीय गठबन्धनले आज नेपाल बन्दको आह्वान गरेको छ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दै गरिएको बन्दको उपत्यकासहित देशका सबै प्रदेशमा बिहानैदेखि आंशिक प्रभाव परेको छ ।
लुम्बिनी प्रदेशमा पनि बन्दको बिहानैदेखि प्रभाव परेको बुझिएको छ । मुख्य शहरहरु रुपन्देहीको बुटवल,भैरहवा,दाङको भालुवाङ, लमही,घोराही,बाँकेको नेपालगन्ज, पाल्पाको तानसेन सदरमुकाम लगायतका क्षेत्रमा बन्दको प्रत्यक्ष प्रभाव परेको बताइएको हो ।
बन्दका कारण मुख्य राजमार्ग क्षेत्रका पसलहरु साथै शहरका मुख्य बजार बन्द छन् । विद्यालयले भने बुधवारका लागि मंगलवार नै सूचना निकालेर बन्द हुने जानकारी गराएका थिए ।
महोत्तरीमा बन्दको प्रभाव नपरेको समाचार एजेन्सीले जनाएको छ । पूर्वपश्चिम राजमार्गमा सवारीसाधन निर्वाध चलेका छन् भने कलकारखाना, पसलसमेत बिहानैदेखि खुलेका छन् । स्थानीय प्रशासनले सुरक्षाा व्यवस्था कडा पारेपनि शैक्षिक संस्था भने बन्द छन् ।