मंगलवार, १४ मंसिर, २०७८

advertisement_1619539395.gif

लागू पदार्थ विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न

भैरब खबर डटकम, संवाददाता, बिहीबार, १४ श्रावण, २०७८

लागू पदार्थ विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न

नवलपरासी /श्रावण १४-पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ४ लाेहराैलिमा लागू पदार्थ विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ ।

एबिसि नेपाल , स्ट्राेम फाउन्डेसनको आर्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे सहकार्य तथा संवाद किशोर किशोरी संजाल पाल्हिनन्दन-४ काे अायाेजनामा लागू पदार्थ विरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको हाे । सञ्जालकाे काेषाध्यक्ष नितु पटेलकाे अध्यक्षता तथा समाजसेवी एवम् पत्रकार रन्जित शर्माकाे प्रमुख अतिथिता अतिथता तथा पत्रकार सुरेश यादवको विशिष्ट अतिथतामा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले लागू पदार्थकाे सेवनले मानिसकाे शारीरिक अस्वस्थता बढाउनुका साथै आर्थिक अवस्था पनि कमजोर बनाउदै गरेको बताए । उहाँले लागु पदार्थ सेवन गर्नु सेवन गराउन दिनु एक कानुनी अपराध पनि भएको बताउदै लागू पदार्थले गर्दा समाजमा अशिक्षा र बालबालिकाकाे भबिस्य खतरामा परेको हुनाले यसलाई तत्काल समाधान गर्नू पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा एविसि नेपालका सुपरभाइजर विष्णु परियार , भाेलेन्टियर मनिता ढकाल ,पत्रकार ज्ञानेश्वर सहानि लगाएत समाजसेवी ,किशोरकिशोरी,अभिभावक र लागू पदार्थ सेवन गर्ने ब्यक्तिहरुकाे समेत उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन पत्रकार महेश यादवले गर्नुभएको थियो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1618826299.JPG
advertisement_1636638799.JPG
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif