मंगलवार, १४ मंसिर, २०७८

advertisement_1619539395.gif

नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लि. शाखा हकुई ले बाडि प्रभावित परिवारलाई राहत समाग्री वितरण

ज्ञानेश्वर साहनी, आईतवार, ३ आश्विन, २०७८

नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लि. शाखा  हकुई ले बाडि प्रभावित परिवारलाई राहत समाग्री वितरण

पश्चिम नवलपरासीका बाढि पिडितहरुलाई नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लि. शाखा हकुई ले बाढिबाट प्रभावित भएका आफ्ना सदस्यहरुलाई राहत समाग्री वितरण गरेको हो ।

सस्थाले बाढि बाट प्रभावित महिला सदस्यहरुलाई लक्षित गरि उनिहरुको जिविको पार्जनको लागी उक्त राहत समाग्री वितरण गरिएको शाखा प्रमुख नारायणी थापाले जानकारी दिनुभएको छ । उनको अनुसार जिल्लाको रामग्राम, सुनवल नगरपालिका, सरावल, पाल्हीनन्दन गाउपालिका, रुपन्देहीको रोहिणी गाउपालिकाका सस्थाका बाढि पिडित सदस्यहरुलाई राहत वितरण भएको जनकारी दिनु भएको छ । राहत वितरणको क्रममा प्रतिब्यक्ति चामल २० किलो, नुन १ किलो, दाल २ किलो, तेल १ लिटर लगाएत खाद्य समाग्रीहरु वितरण गरिएको उनले जनकारी दिनु भयो ।

पाल्हीनन्दन गाउँ पालिकामा ५ सय २६ जनालाई, रामग्राम नगरपालिकामा २ सय ९५ जना गरि आइतबार मात्रै ८ सय २१ जना सदस्यहरुलाई वितरण गरिएको र बाकी पालिकाहरुमा पनि वितरण हुने जनकारी दिनु भयो । १५ सय ६० सदस्य रहेको यस सस्थाले समाजिक उत्तरदायित्व अन्तर्गत आफ्नो सदस्यहरुलाई लक्षित गरि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेकोमा केही दिन पहिले परेको अविरल बर्षाका कारण आएको बाढिमा परि प्रभावित भएका सदस्यहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गर्न लागेको शाखा प्रमुख थापाले जानकारी दिईन ।

यो सस्थाको कार्यक्षेत्र पश्चिम नवलपरासीको रामग्राम, सुनवल नगरपालिका तथा सरावल र पाल्हीनन्दन गाउपालिका रहेको छ भने रुपन्देहीको रोहिणी गाउपालिकामा सेवा दिदै आइरहेको सस्थाले जनकारी दिनु भएको छ । सस्थाका कार्यकारी अधिकृत राम बहादुर यादवको अध्यक्षता तथा पाल्हीनन्दन गाउपालिकाका अध्यक्ष बैजु प्रूसाद गुप्ता दिपकको प्रमुख आतिथ्यतामा राहत समाग्री वितरण भएको जनकारी दिनु भएको थियो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1637589959.JPG
advertisement_1618724783.gif
advertisement_1618727213.gif
advertisement_1618732081.gif
advertisement_1618734267.gif
advertisement_1618751039.gif
advertisement_1618758058.gif
advertisement_1618759206.gif
advertisement_1618839023.gif
advertisement_1618763111.gif
advertisement_1618826299.JPG
advertisement_1636638799.JPG
advertisement_1636893290.gif
advertisement_1636875471.gif
advertisement_1636875567.gif
advertisement_1636875621.gif
advertisement_1636875655.gif
advertisement_1637035852.gif
advertisement_1637590038.gif