बुधबार, ११ जेष्ठ, २०७९

कुस्मा मदरसामा आयोजित जलसा भव्यताका साथ सम्पन्न : वक्ताहरुले दिए ईस्लामिक सन्देश

सुरेश यादव, आईतवार, २९ फाल्गुन, २०७८

कुस्मा मदरसामा आयोजित जलसा भव्यताका साथ सम्पन्न : वक्ताहरुले दिए ईस्लामिक सन्देश

नवलपरासी-पश्चिम नवलपरासीमा मुस्लिम समुदायको विशाल जलसा (धार्मिक प्रवचन) कार्यक्रम सम्पन्न भएको छ । मुस्लिम समुदायको सुधार र ईस्लामि सन्देश दिनका लागि पाल्हीनन्दन गाउँपालिका ३ मा अवस्थित मदरसा दारुल ओलुम अहलेसुन्नत ताजुल ओलुम कुस्माले शनिवार आयोजना गरेको जलसा भव्यताका साथ सम्पन्न भएको हो ।

जलसामा आफनो समुदायलाई ईसालामि सरियत कानुन अनुसार हिडन र ईस्लामी सन्देश दिन वक्ताहरुले आग्रह गरे । ईस्लाम धर्मको मुल्य मान्ता विपरित कुनै पनि काम नगर्ने र इस्लामि सांस्कृतिको संरक्षण र प्रवद्र्धन समेतमा मुस्लिमय समुदायले ध्यान दिन जरुरी रहेको वक्ताहरुले आग्रह गरे । जलसा कार्यक्रममा वक्ताहरुले ईस्लाम धर्मको संरक्षण र प्रवद्र्धन गर्न सबै मुस्लिमहरु एकजुट भई लाग्न सुझाव दिदै आफनो धार्मिक रितिरिवाज र परम्परा अनुसार चाँडपर्व तथा कार्यहरु गर्न सुझाव दिएको मदरसाका शिक्षक मौलाना मुफ्ति नुरआलम अंसारीले जानकारी दिनु भयो । जलसा कार्यक्रममा प्रमुख वक्ताको रुपमा रहेका भारतको उत्तर प्रदेश मउ जिल्ला बस्ने मौलाना मुफ्ति हाजी समसाद अहमद मिस्बाहीले ईस्लाम धर्म समाजिकता र मानवीयता संग बलियो सम्बन्ध रहेकाले यसको सन्देशलाई फैलाउन आवश्यक रहेको जिकिर गर्नु भयो ।

जलसामा मौलाना सुफि सिद्दिक खान, मौलाना फजरे आलम, मौलाना नुरुल हसन नुरी, मौलाना हारुन मिस्बाही मुख्य वक्ताहरु रहेका थिए भने मौलाना कमाल अख्तर, मौलाना ईक्बाल अहमद फैजी, मौलाना समसाद अहमद नुरी सायर रहेका मदरसाका शिक्षक मौलाना फजलुर्रहमानले जानकारी दिनु भयो । त्यस्तै शनिवारकै दिनमा दिउसोमा भएका लेडिज जलसामा प्रमुख वक्ता आलेमा सिद्दिका बानु रहेकि थिईन । लेडिज जलसा कार्यक्रममा केरत र आलमियतको कोर्ष पढेर सकेका केहि छात्राहरुलाई दिक्षान्त (दस्तार) पनि गरिएको थियो ।

जलसमा हजार बढि मुस्लिम महिला पुरुषहरु जुटेको मदरसा व्यवस्थापन समितिका अध्यक्ष रमजान अंसारीले जानकारी दिनु भयो । जलसामा आउने अतिथिहरुलाई मायाको चिन पनि प्रदान गरिएको थियो । जलसामा आउने भक्तजनहरुलाई खाना खुवाउने व्यवस्था पनि मिलाइएको थियो ।

प्रतिक्रिया
अन्य समाचार
advertisement_1641824830.jpg
advertisement_1643724189.gif
advertisement_1637589959.JPG
advertisement_1650788600.gif
advertisement_1650788642.gif
advertisement_1650788683.gif
advertisement_1650788816.gif
advertisement_1650788891.gif
advertisement_1650788933.gif
advertisement_1650788960.gif
advertisement_1650788493.gif
advertisement_1650788549.gif
advertisement_1650789033.gif