ज्ञानेश्वर साहनी, मंगलवार, २९ चैत्र, २०७८
नवलपरासी- कोभिड १९को प्रभावका कारण विगतको नया वर्षमा उमङ्गीत हुनबाट वन्चित तत्नेरी, युवा तथा सर्वसाधारणहरु नया वर्ष २०७९ को भव्य स्वागत गर्न आतुर भइरहदा पूर्ण हर्ष उल्लासका साथ नयावर्ष मनाउने अवसरको पर्खाइमा रहेका युवा जमातका लागि होटल ओरियन, सुनवलले डिजे तथा डान्स सहितको सांङ्गितीक सांझ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
सुनवल, देवदह, वर्दघाट , भुमहि तथा परासी वुटवल नगर र आसपास क्षेत्रका किशोर किसोरी, तत्नेरी युवा जमात तथा सर्वसाधारणको उल्लास र उमङ्गमय वातावरणमा नयावर्षको सुरुवात गर्ने चाहनालाई मध्यनजर गर्दै सुनवल नगरीमा होटल ओरियनले नयावर्षको सुभारम्भ गर्न डिजे र्याप सहितको न्यु इयर म्युजिकल नाइट साथ नववर्ष सुभारम्भ गर्ने जमर्को गदै टिकट वुकिङ्ग खुल्ला गरेको छ । लुम्विनी प्रदेशस्तरमै ४ तारे स्टयण्डरको उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिई नवलपरासीको सुनवल नगरीमा ट्रायल ओपेनिक चरणमा रहेको होटल ओरियनले राष्ट्रिय स्तरमा चर्र्चीत तथा ख्याती प्राप्त डिजे कलाकार आरटिष्ट कुशल श्रेष्ठ, डिजे अतुल, चर्चित डान्सर विनिता शाही, र्यापर रेक्स तथा ख्याती प्रााप्त स्थानीय कलाकारहरुको वेजोड प्रस्तुतीका साथमा नया वर्षलाई स्वागत गर्न न्युनतम २०० देखि रु ५ हजार सम्मका प्याकेजको व्यवस्था गरि टिकट खुल्ला गरेको होटलका संचालक एवं सिइओ अविनास पोखरेलले जानकारी दिनुभएको छ ।
नया वर्ष २०७९को पहिलो दिन अर्थात बैशाख १ गते साझ ५ वजे देखि राती १२ वजे सम्म कार्यक्रम संचालन हुने न्यु इयर म्युजिकल नाइट कार्यक्रममा रु २०० प्रवेश शुल्क निर्धारण गरिएको छ भने ५ हजार सम्मका विविध प्याकेज अनुसारका ड्रिङस तथा स्नायक्स तथा लन्च प्याकेजहरु समेत समावेश गरिएको छ । सहकार्य इभेन्टको व्यवस्थापन तथा होटेल ओरियन सुनवलको आयोजना हुन लागेको न्यु इयर म्युजिकल नाइटको सम्पूर्ण तयारी पुरा भैसकेको प्रोग्राम अर्गनाइजर तथा सहकार्य इभेन्टका सदस्य प्रदिप अर्यालले जानकारी दिनुभयो ।
होटल ओरियन स्थानीय देखि विदेशी पाउनाहरुलाई इकोनमी क्लास देखि उच्चस्तर सम्मको सेवा पुरयाउने लक्ष्य राखी लुम्विनी प्रदेशमै सुविधा सम्पन्न उत्कृट होटलका रुपमा स्थापीत गर्ने जमर्को गरिएको हुदा औपचारीक सुभारम्भ अघिनै व्यापक प्राचार प्रसार गर्ने उदेश्य समेत राखी न्यू इयर म्युजिकल इभेन्ट आयोजना गर्न लागिएको प्रमुख कार्यकारी अविनास पोखरेलले वताउनु भयो । ओरियन सुनवलमामा कार्यक्रम व्यवस्थापन र सुरक्षाका दृष्टिकोणले उपयुक्त रहेकोले म्युजिकल नाईट कार्यक्रमबाट तन्तेरी एवं सर्वसाधारणले भरपूर्ण मनोरन्जन एवं संन्तुष्टिी प्राप्त गर्ने अपेक्षा गरिएको होटल व्यवस्थापन पक्षको दावी छ ।