नन्दु यादव, सोमबार, ३० जेष्ठ, २०७९
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपपुर गाउपालिका वडा न९बेलाटारीकाे पश्चिम गण्डक नहरकाे सडक मा बस दुर्घटना भएकाे छ ।।त्रिबेणीबाट बर्दघाट तर्फ अाउदै गरेकाे लु १ख ३०८५नम्बर काे मिनिबस सडकबाट ३०फिट तल खसेकाे छ ।दुर्घटनामा परि चालक बर्दघाट नगरपालिका वडा बस्ने ५२बर्षिय देव बहादुर राय लगायत ७जना यात्रु समेत घाईते भएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिनु भयाे ।घाईतेहरुकाे सहिद स्मृति सामुदायिक अस्पताल चाैपतामा उपचार भईरहेकाे बताईएकाे छ ।बसमा ३१जना यात्रु सवार रहेका थिय।